सिद्घार्थ बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बाट ऋण सुविधा

काठमाडौ । सिद्घार्थ बैंक लिमिटेडलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ । स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त ऋण सुविधाबाट बैंकले प्रदान ग िरआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया