लिबियाको संसदद्वारा सरकारबाट विश्वास फिर्ता

त्रिपोली । लिबियाको पूर्वीस्थित संसद्ले मङ्गलबार देशको एकता सरकारको विपक्षमा अविश्वासको प्रस्ताव पारित गरेको छ । जुन संयुक्त राष्ट्रसंघ समर्थित शान्ति प्रयासलाई नयाँ झट्का हो ।

पूर्वी शहर तोब्रुकमा उपस्थित ११३ सांसदहरू मध्ये ८९ जनाले त्रिपोलीस्थित अन्तरिम प्रधानमन्त्री अब्दुलहमिद दबेबाहको प्रशासनबाट विश्वास फिर्ता लिन मतदान गरेका थिए । प्रवक्ताका अनुसार यो कदम तीन महिनापछि हुने घोषित निर्वाचनको पूर्व सन्ध्यामा भएको हो ।

विधायिकाका सभामुखले सहज प्रक्रियालाई नजरअन्दाज गरी यस महिनाको सुरुमा एक विवादास्पद निर्वाचन कानूनलाई अनुमोदन गरेका थिए। उक्त कदमले पूर्वी–आधारित सैन्य बलवान खलिफा हफ्तरको पक्षमा सहयोग पुर्याएको थियो ।

प्रतिक्रिया