एमालेको अवरोधकैबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले) को अवरोधकाबीच विनियोजन विधेयक, २०७८ पेश भएको छ ।

आज (मंगलबार) राष्ट्रियसभाको बैठकमा एमालेका सांसदहरुको विरोधकैबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका हुन् ।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताए ।

उनले मालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए ।

प्रतिक्रिया