‘म एकैपटक थुप्रै प्रेमी र पार्टनर चाहन्छु’

मेलवोर्न । जीवनको आफ्नो सुरुवाती वर्षदेखि नै मुवंबी नेडजालामा एक व्यक्तिसँगको वैवाहिक सम्बन्धमाथि प्रश्न उठाउँदै आएकी छिन् । उनी सधैं आफ्ना आमाबुवालाई ‘के तपाईंहरु अब जीवनभरी सधैं सँगै बस्नुहुन्छ ?’ भनेर सोध्थिन् । मुवुंबीले बीबीसीसँग भनिन्, ‘मलाई लाग्छ कि हाम्रो जीवनमा आउने मानिसहरु मौसम जस्तै फेरिइरहनुपर्छ । तर मेरा वरिवरिको दुनियाँका सबै स्थानमा, एकै व्यक्तिसँग सम्बन्ध राख्नुपर्ने कुरा सिकाइएको थियो । सिनेमा र चर्चमा पनि यही कुरा भनिन्छ तर मैले यो कुरा कहिल्यै राम्रोसँग बुझ्न सकिनँ ।’

अब मुवुंबी ३३ वर्ष पुगिसकेकी छिन् । उनी यस्ती महिलाको रुपमा परिचित छिन् जसको एकभन्दा बढी मानिससँग सम्बन्ध छ । उनले कुनै पनि सम्बन्धलाई बन्धन मान्दिनन् । यतिमात्रै होइन, उनी दक्षिण अफ्रिकामा यस्ता समुदायको हितको रक्षाका लागि आवाजसमेत उठाउने गर्छिन् ।

उनी भन्छिन्, ‘हाल मेरा एक मुख्य पार्टनर छन्, जोसँग मेरो इन्गेजमेन्ट भएको छ र हाम्रा सन्तान पनि छन् । मेरा अर्का पार्टनर हामी सबैका लागि निकै खुसी छन् । मेरा मुख्य पार्टनर विवाह गर्न चाहँदैनन् तर भविष्यमा म यस्तो विवाहको कल्पना गर्छु जसमा म एकसाथ एकभन्दा बढी व्यक्तिसँग विवाह गर्न सकूँ । म मानिसहरुप्रति आकर्षित हुन्छु, उनीहरुको चाहे जुनसुकै यौन अभिविन्यास होस् ।’

दक्षिण अफ्रिकाको संविधान संसारभरीकै सबैभन्दा उदारवादी मानिन्छ । यहाँ समलिङ्गी विवाहका साथै पुरुषलाई थुप्रै श्रीमती राख्ने अनुमति छ । देशमा अब विवाह सम्बन्धि कानून परिमार्जन गर्न माग गरिँदैछ । यस्तोमा महिलालाई पनि एकै समयमा एकभन्दा बहुपतीको अनुमति पाइने सम्भावना छ । यसका लागि जोडतोडका साथ माग उठिरहेको छ । यद्यपि, देशभरी छरिएका पुरातनवादी समाजले भने यसको अत्यधिक आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया