संविधान दिवस : टुडिखेलमा विशेष समारोह (फोटो फिचर)

काठमाडौं । सातौँ संविधान दिवसका अवसरमा काठमाडौँको टुडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । तस्बिरः रासस

काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा कवाज प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः रोशन सापकोटा/रासस

 

प्रतिक्रिया