अल्जेरियाका पूर्वराष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरस । अल्जेरियाका पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उनको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ ।

सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए । उनले आन्दोलनकारीको चर्को दबाब, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका हुन् ।

देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए । आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दबाब दिएको उनले बताएका थिए ।

उनले राष्ट्रपतिको रूपमा पाँचौँ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो । आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए । उनी लामो समयदेखि सार्वजनिक भएका थिएनन् ।

फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए । फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो ।

देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए ।

प्रतिक्रिया