दसैँमा आइएमई डबलको डबल अफर

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरि ५७ दिनका लागि सेवाग्राही मूखी उक्त अफर विहीबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको हो । अफरमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक साता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल चौगुणा तथा बम्परमा एक १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल ८ गुणा सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैया थप बोनसको व्यवस्था मिलाईएको छ । अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीले देखाउँदै आएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समयसमयमा ल्याइने यस्ता अफर कम्पनी र सेवाग्राहीवीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समयसमयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने जनाएका थिए । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गरेको पनि आइएमईले जनाएको छ ।

प्रतिक्रिया