पल र समीक्षाको ठुम्का

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक जीवन पन्त र गायिका समीक्षा अधिकारीको आवाज रहेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन् । श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको गीतमा पदम सुवेदीको सम्पादन रहेको छ । गायक पन्तले कलाकारले अभिनयले गीतमा प्रयोग ठेट शब्दलाई कर्णप्रिय बनाएको बताए । गीतको भिडियो सार्थक डिजिटल युट्युबको च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया