‘आइडा’ आँधीमा परेर अमेरिकामा ३ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छख ।

प्रतिक्रिया