एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन । रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् ।

अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ । थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उम्मेदवारीदिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारीदिन लागेको प्रष्ट पारिन् । ‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’थापाले भनिन् । उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्नसबैलाई आग्रह गर्छु ।’

प्रतिक्रिया