काठमाडौं । दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगी नाम गरेकी महिलाले आफ्नै श्रीमान ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार राति घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।
श्रीमानको हत्या गर्ने देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया