स्याङ्जा सहयोग समाज युएईको छैटौँ अधिवेशनबाट गोविन्द भट्टराईको नेतृत्व

चापाकोट । स्याङ्जा सहयोग समाज युएईको छैटौँ अधिवेशन यही २० अगस्ट २०२१ शुक्रबार युएईको बरदुबईमा सम्पन्न भएको छ ।

आगामी २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा संस्थाको स्थापना कालदेखि केन्द्रीय सदस्य, सांगठनिक विभाग प्रमुख तथा अनुसासन विभाग प्रमुखमा रही संस्थाको लागि हरेक परिस्थितिमा पनि सक्रिय भइ अगाडि बढ्दै आएका गोविन्द भट्टराईलाई चयन गरिएको छ ।

उक्त छैटौँ अधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष सविना पराजुली (डुम्रे) चयन भएकी छन् भने दित्तिय उपाध्यक्ष पर्शुराम भण्डारी र तृतीय उपाध्यक्ष पिताम्बर अर्याल चयन भएका हुन् ।

यसैगरी संस्थाको महासचिवमा जीवन पंगेनीले दोहोर्याएका छन् । त्यसैगरी कोषाध्यक्षमा चोभाकान्त डुम्रेले पनि दोहोर्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा रेशमराज खनाल चयन भएका छन् ।

उक्त अधिवेशनले संस्थाको सचिव पदका लागि ठगिन्द्र खनाल र नारायण न्यौपानेलाई चयन गरिएको छ । साथै संस्थाको प्रवक्तामा विष्णु गैरे रहेका छन् ।

संस्थाको नयाँ सदस्यहरुमा विष्णुप्रसाद लुइटेल, अग्निधर भट्टराई, प्रदिप चापागाई, लालप्रसाद ढकाल, श्यामप्रसाद भुसाल, मिना गैरे र लक्ष्मी केसी रहेका छन् ।

अधिवेशनमा बोल्दै निवर्तमान अध्यक्ष प्रेमराज भण्डारी र संस्थाका संस्थापक उपाध्यक्ष तथा संस्थाका संरक्षक एकेन्द्र बहादुर थापाले सन २०११ मा स्थापना भएको स्याङ्जा सहयोग समाज युएईले हरेक दुई वर्षमा निरन्तर रुपमा संस्थाको अधिवेशन गर्दै आइरहेको छ ।

संरक्षक थापाले कार्यक्रममा बोल्दै संस्थालाई आगामी दिनहरुमा अझै सक्रिय बनाएर साथ सहयोग दिँदै जाने बताए । अन्तमा उपस्थित नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया