अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे यथार्थ जानकारी दिनका लागि सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकबाट आगामी बैठकमा जानकारी दिनका लागि उनले सरकारलाई रुलिङ गरेका हुन् ।

‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपलीहरूको अवस्थाका बारेमा मेरो र सभाको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारेमा सभाको आगामी बैठकमा जानकारी दिन नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने ।

बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अफगानिस्तानमा विकसित राजनीतिक घटनाबारे नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो । एमालेकातर्फबाट सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानको विकसित घटनाबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए ।

प्रतिक्रिया