अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भर्खरै यस्तो बताएका हुन् ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

प्रतिक्रिया