प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाैं । सोमवार प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे संसद भवनमा बस्ने बैठकको विभिन्न कार्यसूचीहरू रहेका छन् । आजको प्रतिनिधि सभा बैठकमा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै ‘प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६’ पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया