‘आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ’

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दावी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दावी गरेका हुन् । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’

प्रतिक्रिया