हुण्डाई अल न्यु आई २० बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा ल्याएको छ । हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल भएको दावी कम्पनीले गरेको छ । कम्पनीले नयाँ जेनेरेशन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने जिकिर गरेको छ ।

नयाँ जेनेरेशन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६ हजार आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ । निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण आकर्षक र सुन्दर रहेको छ । प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लास सहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषता यसमा रहेको छ । विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहेको छ ।

हुन्डाई आई २० म्याग्ना र स्पोर्टज अप्सन मध्ये म्याग्ना अप्सनको मुल्य ३६ लाख ९६ हजार स्पोर्टजको मुल्य ४१ लाख ९५ हजार रहेको छ । हुन्डाईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर रहेका १४ वटै शोरुमाबाट विक्री सुरु भएको छ । विक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया