अर्थबजार

सात निर्माण कम्पनी कालोसुचिमा

सौर्य अनलाइन २०७८ साउन २१ गते २०:५४ मा प्रकाशित

काठमाडौं । सरकारले ५ निर्माण व्यवसायी र २ वटा सप्लायर्सलाइ कालोसुचिमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले ७ कम्पनीलाई कालो सूचीमा राखेको हो । कारागार व्यवस्थापन विभागको सिफारिसमा काठमाडौंको शान्तिनगर ठेगाना भएको एके एण्ड गान्था कन्स्ट्रक्सनलाई २ वर्षको लागि कालो सूचीमा राखिएको छ ।

यस्तै, पर्वतको कुश्मा ठेगाना भएको कालिगंगा निर्माण सेवा, इलामको फाकफोकथुम ठेगाना भएको कण्टा निर्माण सेवा, कैलालीको धनगढी ठेगाना भएको लाटिनाथ कन्स्ट्रक्सन सेवा र सुनसरीको इनरुवा गेठाना भएको आविद निर्माण सेवालाई १–१ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

कार्यालयले उदयपुरको अम्बा सप्लायर्स र काभ्रेको बिक्रम खाद्य स्टोरलाई पनि १–१ वर्षका लागि कालो सूचीमा राखेको पनि जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको हो।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय