कलाकार श्रमिक संगठनमा प्याकुरेल

काठमाडौं । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संगठनको पाँचौ अधिवेशनबाट प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनले संगठनको वरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य, महिला उपाध्यक्षमा सरिता भारती, संगठन उपाध्यक्षमा दयाराम घिमिरे र कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकी निर्वाचित गरेको छ ।

महासचिवमा राजन थापा, सचिवमा प्रदीप बास्तोला, सहसचिवमा सुरेशकुमार राउत, कोषाध्यक्षमा कमला कुमारी जोशी, सहकोषाध्यक्षमा प्रवण भुसाललाई निर्वाचित गरेको संगठनले जनाएको छ । त्यस्तै, प्रवक्तामा कल्याण अधिकारीलाई चयन गरिएको छ भने केन्द्रीय सदस्यमा डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, कृष्ण भट्टराई चयन भएका छन् ।

वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र सञ्चारकर्मी शान्ति प्रियलाई संगठनले मानार्थ सदस्यता समेत प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रगानका रचनाकार व्याकुल माइला, चलचित्र निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेव भट्टराई, डब्बु क्षेत्री लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया