सिद्धार्थ बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौ । सिद्धार्थ बैक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालि बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर तर्फबाट प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौतामा बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिग, इन्टरनेट बैैंकिग प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन । साथै उपत्यका बाहिरका मनकामना अस्पताल टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, चितवन पार्कल्याण्ड अस्पताल, नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर बुटवल, न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर धनगढी मा पनि उक्त सुविधा दिइने उल्लेख छ ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिग, इन्टरनेट बैंकिग लगायतका डिजिटल बैंकिगको माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको पनि जनाएको छ ।

प्रतिक्रिया