इसेवा मार्फत हवाइ जहाज टिकटमा उपहार

काठमाडौ । इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुन सक्नेछन । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ । यस योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाइने छ । त्यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत, भोजमा १० हजार यात्रुले २० प्रतिशत अथवा २ सय ५० सम्मको छुट पाउने छन् । हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ । यस योजनामा सहभागि हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नु पर्ने व्यवस्था रहेको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १५ हजार भन्दा बढि एजेन्ट रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेको पनि विज्ञप्तिमा उल्लेख छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया