नेपाल एग्रो प्राप्तिमा इन्फिनिटी लघुवित्तलााई स्वीकृति

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि अन्तिम स्वीकृति पाएको छ । संस्थालाई नेपाल राष्ट्र बैंकले साउन १५ मा अन्तिम स्वीकृति दिएको हो ।

यससँगै संस्थाले कास्की जिल्लाको पोखरा विन्ध्यावासिनीस्थित केन्द्रीय कार्यालय रहेको नेपाल एग्रोलाई सेयर स्वाप अनुपात १ बराबर शुन्य ९८ मा प्राप्ति गर्ने छ । यो सँगै अबको एक महिनाभित्र संस्थालाई प्राप्ति गरी एकीकृत रुपमा वित्तीय कारोबार शुरु गरिसक्नु पर्नेछ । त्यस्तै, प्राप्ति पश्चात संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नगरपालिका २ नवलपुरमा रहने छ ।

प्रतिक्रिया