परदेशी छोरालाई फर्कन आह्वान

काठमाडौं । गायक राजेश पायल राईको आवाज रहेको गीत ‘फर्कन छोरा’ को भिडियो सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द तथा संगीत रहेको यस गीतमा रचन्दु गोर्खालीले संगीत संयोजन गरेका छन् । भिडियोमा विविध कारणले विदेशिन बाध्य युवाको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडालाई मार्मिक रुपमा देखाइएको छ ।

केशवकै प्रस्तुतिमा निर्माण भएको भिडियोमा कलाकार कमलमणि नेपाल र सरिता गिरीको मुख्य भूमिका छ । भिडियोमा उनीहरूका साथमा अन्य कलाकारको समेत अभिनय छ । भिडियोलाई ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रवीण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानमा गरिएको हो ।

हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले यसअघि ‘चौतारीमा बसौंन पियारी’, ‘बैंशैमा लाको पिरती’, लगायतका गीत ल्याइसकेका छन् । उनको केही दिनअघि भानुजयन्तीको अवसर पारेर ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।

प्रतिक्रिया