सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कडेंललाई

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवरी नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेंललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल यही साउन २५ गतेदेखि समाप्त हुने भएकोले बैंकले नायब प्रमुख कार्यकारी कडेंललाई सो जिम्मेवारी सुम्पिएको हो । उनले साउन २६ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया