एनआरएनए इजरायलको अध्यक्षमा कास्कीका गणेश गिरी

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्य परिषद इजरायलको अध्यक्षमा कास्कीका गणेश गिरी निर्विरोध चयन भएका छन् । उक्त संघको सातौँ राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीले सबै पदमा निर्विरोध चयन भएको जानकारी दिए । संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली पनि निर्विरोध चयन भएको संयोजक ओलीले बताए ।

लामो समयदेखि इजरायललाई कर्मथलो बनाउदै आएका अध्यक्ष गिरी नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजिवन सदस्य एवं पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । विदेशमै रहेर गिरी विभिन्न सामाजिक कार्यमा सहयोगी अभियन्ताको रुपमा पनि परिचित छन् ।

उनको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा आइसिसी सदस्यमा विशाल ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा सुमी थापा, उपाध्यक्षमा भृकुटी बानियाँ (शुसिला बस्नेत), महिला उपाध्यक्षमा सुनिता गुरूङ, महासचिवमा श्रीकृष्ण भण्डारी, सचिवमा अलि महमत मिया, कोषाध्यक्षमा दिलिप सुन्दास, महिला प्रतिनिधिमा सुनिता आम्बोग (ल्हामु तमु) चयन भएको संयोजक ओलीले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा पूजा (रुवी) चौधरी, कोपिला भट्टराई खिमा पुन, कमला भुसाल, रामबहादुर विष्ट, तैजबहादुर गुरुङ र रणकुमारी गल्देन तामाङ चयन भएको ओलीले बताए ।

प्रतिक्रिया