नेपालमा चार किराती मात्रै छन् ?

निनाम कुलुङ ‘मंगले’

चार किरातीवाला संस्थाका ठूला मान्छेहरूले अरू किरातीहरू नदेखेता पनि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले २०६८ मा गरेको १२औँ राष्ट्रिय जनगणनाअनुसार राईकरणको मारमा परेका मात्रै १२ वटा किराती जातिहरूको अलग्गै तथ्यांक आएको छ ।

गत असार २६ र २७ गते ‘साल्पा अनलाइन’ र ‘सार्वजनिक अनलाइन’मा आएको समाचार अनुसार चार किराती !? (कथित् ‘राई !’, लिम्बु, याक्खा र सुनुवार) हरूले श्रीजंगा लिपिलाई साझा लिपि बनाउने हुनुभएछ, जुन कुरो धेरै राम्रो हो । साथै श्रीजंगा लिपिको आमरूपमा प्रयोग हुनु हामी किरात वा किराती भनिनेहरूका लागि मात्रै नभएर सबै नेपालीहरूका लागि धेरै राम्रो कुरो हो, यसबारे कुनै बेला एक अलग्गै लेख लेखौँला ।
तर, अहिलेलाई चार किराती वाला संस्थाका प्रमुख अर्थात् अध्यक्ष ज्युहरूलाई मेरो मूल र गम्भीर प्रश्न यो छ, ‘नेपालमा यी चार किरातीहरू बाहेक अरू किरातीहरू छँदै छैनन् ?’ यस बारेमा जतिसक्दो जाँडो जवाफ दिनुप¥यो, चार किराती वाला संस्थाका अध्यक्षज्युहरूले । होइन आपूmलाई किराती जात हौँ भन्ने अरू जातिहरू पनि छन्, भन्ने हो भने, यी चार किरातीहरू जस्तै राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा शब्द असलीयतमा बान्तावा जातिको ‘शब्द÷भाषा’ हो, कुनै माइकालाल राईको भाषा होइन !) ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू मात्रै नभएर सो संस्थाको टप फाइब÷फाइप पदमा रहनुभएका अरू पदाधिकारीज्युहरूले यसो सोच्दा अरू किरातीहरूलाई पनि समेटेर लानुपर्छ भन्ने लाग्दैन ? त्यसैले वेला छँदै विचार गर्नोस् है, चार किरातीवाला ज्युहरू !

चार किरातीहरू मध्ये खासगरी ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, अथवा सो संस्थाको टप फाइब÷फाइप पदमा रहनुभएका पदाधिकारीज्युहरू, वास्तवमा तपाईंहरू कहिलेसम्म राई यायोक्खाले भनेको अथवा राई यायोक्खा नामक एनजिओका प्रमुखहरूले भनेको कुरामा मात्रै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुहुन्छ ? के साँच्चै तपाईंहरूको आफ्नै ब्रह्मले केही देख्दैन ? नत्र भने, अहिलेसम्म पनि तपाईंहरू किन राई यायोक्खाको पुच्छर भएर हिँड्नुहुन्छ ? /हिँड्नु भएको हो ? वा लगाम लगाएको घोडासरह दायाँवायाँ नहेरी किन यायोक्खाले जे भन्यो त्यही गर्ने र यायोक्खाले लगाम लगाएर जता डो¥यायो त्यतै हिँड्ने गर्नुहुन्छ ? यसको कुनै खास कारण पनि छ कि ? बुभ्mनेका लागि त यो कुरो निक्कै गहिरो र गम्भीर पो छ है, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्षज्यु अथवा सो संस्थाको टप फाइब/फाइप पदमा रहनुभएका आदरणीय महानुभावज्युहरू ।

स्मरण रहोस्, चार किरातीवाला संस्थाका ठूला मान्छेहरूले अरू किरातीहरू नदेखेता पनि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले २०६८ मा गरेको १२औँ राष्ट्रिय जनगणनाअनुसार राईकरणको मारमा परेका मात्रै १२ वटा किराती जातिहरूको अलग्गै तथ्यांक आएको छ । सो जनगणनाअनुसार पहिलोमा कुलुङ २८ हजार ६ सय १३, दोस्रोमा नाछिरिङ ७ हजार १ सय ५४, तेस्रोमा याम्फु ६ हजार ९ सय ३३, चौथोमा चाम्लिङ ६ हजार ६ सय ६८, पाँचौँमा आठपहरिया ५ हजार ९ सय ७७, छैठौँमा बान्तावा ४ हजार ६ सय ४, सातौँमा थुलुङ ३ हजार ५ सय ३५, आठौँमा मेवाहाङ ३ हजार १ सय, नवौैंमा बाहिङ ३ हजार ९६, १०औँ मा साम्पाङ १ हजार ६ सय ८१, ११औँ मा खालिङ १ हजार ५ सय ७१ र १२औँ मा लोहोरुङ १ हजार १ सय ५३ जना हरेका छन् । यसरी हेर्दा त्यसअघि (२०५८ को जनगणनाअघि) जानेर वा नजानेर अथवा ‘राई !’ लेख्दा आपूm पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’ सरह ठूलो मान्छे होइन्छ ! भनेर नामको पछाडि ‘राई !’ लेख्दै आएका १२ वटा किराती जातिहरू अलग्गै जातिको रूपमा आएका छन् वा भनौँ तथ्यांककृत भएका छन् । माथिको तथ्यांक जातिगत तथ्यांक मात्रै हो ।

त्यस्तै माथिको १२ वटै किराती जातिहरूको भाषिक तथ्यांक पनि अलग्गै भाषाको रूपमा आएको छ । भाषिक तथ्यांकअनुसार पहिलोमा बान्तावा १ लाख ३२ हजार ५ सय ८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८ सय, तेस्रोमा कुलुङ ३३ हजार १ सय ७०, चौथोमा थुलुङ २० हजार ६ सय ५९, पाँचौँमा साम्पाङ १८ हजार २ सय ७०, छैठौँमा खालिङ १४ हजार ४ सय ६७, सातौँमा बाहिङ ११ हजार ६ सय ५८, आठौँमा नाछिरिङ १० हजार १ सय ७६, नवौँमा याम्फु ९ हजार २ सय ८०, १०औं मा आठपहरिया ७ हजार ५ सय ३०, ११औँ मा मेवाहाङ ४ हजार ६ सय ५० र १२औँ मा लोहोरुङ ३ हजार ७ सय १६ रहेको छ ।

यसरी हेर्दा विगतमा कुलुङलगायत १२ वटा किरातीहरू जो विगतमा जानेर वा नजानेर आप्mनो नामको पछाडि ‘राई !’ लेख्दै आएका थिए । ती मध्ये १२ वटा किराती जातिहरूले अलग्गै जातीय तथ्यांक अंकित गरेका थिए । त्यसका लागि पनि ‘कुलुङलगायत अन्य समुदायका अगुवाहरू र आदिवासी किरात महासंघको नेतृत्वले कति पापड बेल्नुपरेको थियो ? त्यसको छुट्टै कथा–व्यथा र घटना, परि–घटनाहरू रहेका छन् ।

तर, यस्तो गम्भीर (लिपि प्रयोग र भाषाको कुरोमा) र महत्वपूर्ण विषयमा पनि ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्यु, अथवा सो संस्थाको टप फाइब÷फाइप पदमा रहनुभएका महानुभावहरूलाई साँच्चै केही थाहा छैन होला त ? त्यसैले चार किरातीका अगुवा भनिनेहरूलाई फेरि पनि प्रश्न छ, के तपाईंहरूमा साँच्चै आप्mनै ब्रह्मले देख्ने क्षमता छैन ? प्रश्न त निक्कै गम्भीर पो छ है, बुभ्mन चाहनेहरूका लागि अथवा भनौँ जानाजान बुझ पचाउनु हुँदैन ! भन्ने मनुवाहरूका लागि अझ प्रस्टसँग भन्नुपर्दा अरूलाई जानीबुझी थिचोमिचो गर्नु हुँदैन, हेँलाहोचो गर्नु हँुदैन भन्नेहरूका लागि ।

तर, अचम्म के भने, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, तपाईँहरू कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुहुन्छ ? कहिलेसम्म तपाईंहरू राई यायोक्खाको पुच्छर भएर हिँड्नुहुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबायाँ नहेरी यायोक्खाले डो¥याएको बाटोमा मात्रै हिँड्नुहुन्छ ? कि जानाजान ‘आयाराम, गयाराम पारा’ अपनाउनु भएको हो ? त्यसो हो भने हाम्रो भन्नु केही छैन । किनकि हामी (कुलुङ) हरूले जातीय स्वपहिचानको मुद्दा÷सवाल उठाउन थालेको ०५७/५८ देखि नै हो ।

यसरी हेर्दा २०/२१ वर्षसम्म पनि यो कुरो ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरूले थाहा नपाउनु भनेको साह्रै दुःखद् (एक हिसाबले भन्ने हो भने, हास्यस्पद) नै हो । त्यसैले हजुरहरूलाई अरू (राई यायोक्खा) ले भनेकै कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुपर्ने वाध्यता के छ ? जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुनुभएको हो भने, अलिकति पनि लाज–सरम लाग्दैन, हजुरहरूलाई ? नत्रभने, कुलुङलगायत १२ वटा –अरू पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौँ, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्न सक्नुप¥यो । यदि हामीले अरूलाई दलनमलनमा पा¥यौँ वा बहिष्करण ग¥यौँ भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर मुखबाट मौलौ निकालेर प्रस्टसँग बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले तपाईंहरूलाई सराप्ने र इतिहासले कलंक लगाउने दिन आउनेछ । हुन त कहिलेसम्म हजुरहरू राई यायोक्खाले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुहुन्छ ? हेर्दै गरौँ ।

जे होस्, कुलुङ को हुन् ? धेरैपटक लेखिसकिएको छ । त्यसैले कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरूको ऐतिहासिक थलो भूमि छ÷छैन ? कुलुङहरू अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो÷होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदिबारे नेपालका अन्य जातताति, समुदाय, वर्ग, समूहका मान्छेहरूले पनि धेरथोर थाहा पाएका छन् । खासमा राज्यले हरेक १०÷१० वर्षमा गर्ने राष्ट्रिय जनगणनालाई आधार मानेर नै कुन जात वा जातिको समग्र आर्थिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको उपलब्धता, स्वास्थ्य सेवा, लैगिक समानता वा असमानता, उनीहरूको बाँच्ने उमेर वा आयु, खेतीपाती, सरकारी नोकरी, विकास प्रक्रियामा सहभागिता आदि बारे तथ्यांक हेरेर वा केलाएर नै कदम चाल्ने गर्छ । त्यसैले राज्यले गर्ने जनगणनाको महत्व धेरै महत्वपूर्ण रहने गरेको छ ।

त्यही भएर हामी (कुलुङ) ले आउँदै गरेको १२औँ राष्ट्रिय जनगणनामा जात वा जाति, मातृभाषा, पुर्खाको भाषा आदिमा ‘राई’ वा ‘कुलुङ राई’ नलेखेर ‘कुलुङ’ मात्रै लेखाउने निर्णय गरेको छौँ । याद रहोस्, केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२औँ राष्ट्रिय जनगणनामा ‘कुलुङ’ जातिलाई दिएको अलग्गै जातिगत ‘कोड–६२’ रहेको छ भने, अलग्गै ‘भाषागत कोड–३३’ रहेको छ ।
(थप केही जानकारी चाहिएमा : ९८४९९८५९९७, ९८६२४३६०४९)

प्रतिक्रिया