एनआरएनए जापानको अध्यक्षमा पौडेलको उमेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उमेदवारी दिने घोषणा गरेका गरेका हुन् ।

आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समयदेखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने उनले बताए ।

एनआरएनए जापानको यही जुलाई २५ देखि २७ सम्म महाअधिवेशन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि पौडेल जस्तै आधा दर्जन व्यक्तिले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाड़ि सारेका छन् । पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया