आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसन सम्झौता

काठमाडौ । आई पे रेमिट प्रा.लि र नेपाल पेमेन्ट सोलुसन वीच सम्झौता भएको छ । आइपे ले मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राईरहेको छ । हालको परिस्थिती लाई मध्यनजर गर्दै आवको दिनमा डिजिटल कारोवार नै वढि समय सापेक्ष हुने भन्दै आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसन बिच डिजिटल कारोबारमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठ ले हस्ताक्षर गरेका छन । रियल टाईम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालका विभिन्न वालेटमा रियल टाईम टप अप सुविधामा नेपाल पेमेन्ट सोलुसन सँगको सम्झौतापछि झन् प्रभावकारी र गुणस्तरिय हुने आई पे रेमिट प्रालिका बजार प्रमुख रुपनारायण श्रेष्ठले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया