हेलम्बुवासीलाई वेस्ट फाइनान्सको सोलार प्यानल सहयोग

काठमाडौं । वेस्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । यही असार १ मा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पु¥याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बञ्चित विपद्मा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्बु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ । फाइनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो । काठमाडांैको कमलादीमा प्रधान कार्यालय रहेको वेस्ट फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुवासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया