सुनको भाउमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९० हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया