मिलानका मिडफिल्डर इन्टरमा अनुबन्धित

मिलान । इटालियन क्लब एसी मिलानका टर्किस मिडफिल्डर हकेन चलहेनोलु शहरी प्रतिद्धन्द्धी इन्टर मिलानमा अनुबन्धित भएका छन् ।
इन्टरले शहरी प्रतिद्धन्द्धी मिलानका २७ वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२४ को सिजनको अन्त्यसम्म इन्टर मिलानमा रहनेछ । इन्टर मिलानको अफिसियल वेभसाइटमा क्लबले हकेनलाई अनुबन्ध गरेको पुष्टि गरेको छ । उनको वार्षिक पारिश्रमिक ५ मिलियन पाउन्ड रहेको र यसमा १ मिलियन पाउन्ड बोनससमेत थप हुने उल्लेख छ । इन्टरले यसअघि वार्षिक ४ मिलियन पाउन्डको प्रस्ताव गरेपनि सहमति जुट्न सकेको थिएन । तर त्यसपछि मिलानले उनको पारिश्रमिक बढाउँदै क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

आफ्ना अट्याकिङ डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोकप अन्तरगको पहिलो खेलमा नै हृदयघात भएपछि इन्टरले नयाँ मिडफिल्डरको खोजी गरिरहेको थियो । एरिक्सन हाल अस्पतालबाट डिस्चार्ज भएपनि उनले खेल्ने नखेल्ने पक्का भएको छैन । हाकेनले मिलानबाट ४ सिजनमा १७२ खेल खेल्दै ३२ गोल गरेका छन् । उनी २०१७–१८ को सिजनमा जर्मन क्लब बायर लिभरकुसेनबाट मिलान आएका थिए । त्यसअघि उनले जर्मनीको दोस्रो श्रेणीको काल्र्सस्रुहेरबाट व्यावसयिक खेल करियर शुरु गरेका थिए । उनले एक सिजन ह्यामवर्गमा पनि बिताएका थिए । उनले टर्कीको राष्ट्रिय टोलीबाट ५९ क्याप जित्दा १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मिलानले भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई १ वर्षको सम्झौता लम्ब्याइसकेको छ । फिकायो तोमारीलाई स्थायी खेलाडी बनाइसकेको छ । तर मिलानले २२ वर्षीय प्रतिभावान गोलरक्षक जियानलुइगी डोन्नररुम्मालाई सहमतिमा ल्याउन सकेको छैन । उनी फ्रान्सेली क्लब पीएसजी जाने लगभग पक्का भइसकेको छ । मिलानले हाकेनलाई गुमाउनु ठुलो घाटा हो । यता, एन्टेनियो कोन्टेले क्लब छाडेपछि इन्टरका नयाँ प्रशिक्षक सिमोन इन्जाघी टोली निर्माणमा जुटेको छ ।

प्रतिक्रिया