साफको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका हुन् । टोलीले अर्को बिहीबारदेखि प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षण खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा हुनेछ । एक बिहान १० बजे र अर्काे सेसन अपरान्ह ४ बजेपछि शुरु हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ ।

यसपटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् । प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । युवा डिफेन्डर रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राइ पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् । विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाडी पनि टोलीमा छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केहि समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सुचिमा छैन ।

५० सदस्यीय प्रारम्भिक टोली :
किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

प्रतिक्रिया