लोकतन्त्रमा जनादेशको अभ्यास

प्रदीप उप्रेती

राज्यका तर्फबाट अवलम्बन गरिने निर्वाचनजन्य ब्यवहारलाई यदि कुनै समूह वा लोकतान्त्रिक समूहले स्वीकार नगर्ने मनस्थितिको विकास गर्छन, भने वास्तवमा उक्त समूह विशेषले नागरिक सम्प्रभू स्वीकार नगरेको अर्थमा लिन सकिन्छ । यी दुबै पक्षको आपसी सहसम्बन्ध विस्तारमा मात्र निश्चित रूपमा लोकतन्त्रको सुदृढीकरणको सुनिश्चिचता प्राप्त हुनेछ भन्दा फरक नपर्ला ।

लोकतन्त्रको आधारभूत सैद्धान्तिक धरातल भनेको जनअभिमत हो । जनअभिमतलाई आत्मसाथ गरी प्राप्त जनादेशको आधारमा एक्काइसौँ शताब्दिको लोकतान्त्रिक अभ्यासमा नेपाल र नेपाली समुदाय रमाउँदै आएको वर्तमान अवस्था हो । जहॉ जनभावनाको कदर गर्दै लामो संघर्ष र बलिदानपश्चात प्राप्त हुन आएको लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गरिएको छ । मूल रूपमा भन्ने हो भने जनादेश नै लोकतन्त्रको सुन्दर पक्ष हो । जसलाई सम्बद्ध मुलुकका लोकतान्त्रिक समूहले आपूmमा समाहित गर्दै संवैधानिक जनअधिकारलाई स्थापित गर्नको सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । प्रस्तुत क्रममा नागरिक समाजले निर्वाचनजन्य गतिविधिको माध्यमबाट जनप्रतिनिधिको उचित चयन गरी शासकीय स्वरूपमा आफ्नो वलियो उपस्थिति देखाउने प्रयास गर्दै आएको पाइन्छ । अब्बल लोकतान्त्रिक व्यवहारको उक्त अभ्यासमा नेपाल पनि अछुतो रहन सक्दैन ।

राजनीतिक जनचेतनाको अभाव एवं दलीय राजनीतिक दम्भका कारण जनादेशको अभ्यासलाई गलत रूपमा उपयोग गर्ने प्रवृत्तिको विकासले आपराधिक क्रियाकलापलाई मात्र प्रोत्साहित गर्नेछ भन्दा त्यति अत्युक्ति नहोला । उक्त कदम जनभावना विपरीत रहनुको साथै लोकतन्त्रको सम्वद्र्धन, प्रवद्र्धन तथा विकासमा गतिरोध उत्पन्न गराउने प्रमुख कारक तत्वको रूपमा लिन सकिन्छ । प्रस्तुत व्यवहारको अत्यधिकताले मुलुकको राष्ट्रिय सुरक्षालगायत नागरिक समाजमा अराजक परिस्थितिको निर्माण गर्दै सदियौँदेखि कायम रहँदै आएको नेपाली–नेपालीजनको बीचको आपसी भाइचाराको क्षेत्रमा विभेदजन्य व्यवहारको वीजारोपण गर्दै मुलुकलाई अनिश्चितताको भूमरीमा पार्ने प्रयासलाई कुनै पनि हालतमा लोकतन्त्रको संज्ञा दिन मिल्दैन । यो जनभावना विपरीतको गैरलोकतान्त्रिक चरित्रको उदांगो स्वरूप मात्र हो ।

तसर्थ : लोकतन्त्रको प्रमुख खम्बाको रूपमा रहेको आवधिक निर्वाचनको माध्यमबाट जनादेश प्राप्त गर्दै लोकतान्त्रिक अभ्यासमा रम्ने वातावरण तयार पारौँ । प्रस्तुत पृष्ठभूमिको विकासले मुलुकलाई ताजा जनादेश प्राप्त गर्नुको साथै जनहितकारी कार्य कुन हो भन्ने पहिचान गर्न सहज हुनेछ । लोकतन्त्रमा आस्थावान कुनै पनि समूह निर्वाचनबाट टाढा रहन सक्दैन । यसको उपभोगमा रहेको अनिच्छालाई लोकतन्त्र विरोधी कदमको रूपमा लिन सकिन्छ । नेपाललगायत विश्व परिवेशको लोकतान्त्रिक ब्यवहारलाई सुक्ष्म रूपमा अध्ययन गर्ने हो भने सधैँ नै एउटै उद्देश्य र राजनीतिक एजेन्डा बोकेका समूह विषेशलाई सम्बद्ध मुलुकका नागरिक समाजले निर्वाचनजन्य क्रियाकलापमा विजयको माला पहिल्याउँछन् भन्न सक्ने अवस्था रहँदैन । जुन एक्काइसाैं शताब्दिको बहुदलीय लोकतन्त्रको अभ्यास एवं अनुभवले देखाएको दृष्टान्त मात्र हो । किनकी अन्य क्षेत्रमा जस्तै राजनीतिको क्षेत्रमा पनि फरक स्वादको चाहना हरेक नागरिक समुदायमा रहने हुँदा समय अवस्था अनुरूप निर्वाचन परिणामको भिन्नतालाई आश्चर्य मान्न सकिँदैन ।

लोकतन्त्र र शासकीय स्वरूपको अन्योन्यास्रित सहसम्बन्धको आवश्यक मूल्यांकन गर्दै नागरिक अवधारणाहरू बाहिरिने गर्दछन् । जनचाहना अनुरूपको शासकीय स्वरूपको निर्माण भए पश्चातः वास्तविक रूपमा नागरिक अभिलाषाहरू मुखरित हुने विश्वव्यापी प्रचलन पनि हो । जसमा नेपाल पनि पृथक रहन सक्दैन । जुन मुलुकको सवैधानिक संरचनामा निर्भर रहने कुरा मात्र हो । किनकि सर्वशक्तिमान एवं संवेदनशील जनअभिमतलाई कुनै पनि जननिर्वाचित सरकारले शासकीय हतकण्डाको अनावश्यक रूपमा दुरुपयोग गर्दै निरंकुशताको अभ्यासमा लाग्ने प्रयत्न गर्दछ भने उक्त निरकुंशता विरोधी जनदवालाई रोक्न विश्वको कुनै पनि महाशक्तिको सामर्थ रहने छैन । जनमतको अभिमतले मात्रै नागरिक समाजलाई लोकतन्त्रको सुखानुभूति गराउनेछ भन्न सकिन्छ ।

सधैँ नै जनमतको पक्षमा विश्वास हासिल गरी विजय उन्मुख मानसिकता लिनु कदापि पनि अनुपयुक्त व्यवहार मान्न सकिँदैन । जसलाई सकारात्मक सोचको परिणितिले निम्ताएको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । प्रस्तुत व्यवहारको विकासले राजनीतिक सुनिश्चितता प्राप्त गर्न सहज हुने देखिन्छ । विपरीत अवस्था कायम राख्दै तीव्र राजनीतिक महत्वाकांक्षीले कहिलेकाहीँ प्रत्योत्पादक असर देखाउन सक्ने तथ्यलाई मनन गर्दै कार्य गर्नु नै सही अर्थमा जनविश्वास जित्ने अचुक उपाय मान्न सकिन्छ । दलीय भय वा प्रलोभनका कारण जनअभिमत जाहेर हुन नसक्ने अवस्था पैदा भए निश्चित रूपमा लोकतन्त्रको विकासमा गतिरोध उत्पन्न भई विद्रोही स्वभाव देखाउने प्रवल सम्भावना जीवन्त रहन्छ । यस अवस्थामा पक्कै पनि जनमतको कदर हुने सम्भावना अत्यन्त न्यून रहन्छ । जहॉ निरंकुशता हावी भई जनउत्तरदायी कार्यले प्रधानता हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिन्छ ।

लोकतन्त्रका विश्वासी पात्रले पक्कै पनि जनइच्छालाई दबाउने प्रयास गर्दैनन् । अतः विजयको लालसामा रहँदारहँदै पनि जनमतले विपरीत मत व्यक्त गरिदिँदा पराजयको अवस्था पनि आउन सक्छ भन्ने निर्वाचनजन्य व्यवहारलाई राम्ररी मनन गर्दै जनादेश प्राप्त गर्नेतर्फ अग्रसर रहनु दलीय स्वभावको उच्चत्तम विन्दु हो । जसरी विजययात्रालाई सहर्ष स्वीकार गर्न सकिन्छ त्यसरी नै प्राप्त हुन आएको पराजयको यात्रालाई अन्तरमनद्वारा स्वीकार गर्न सक्ने परीपाटीको विकासले निश्चित रूपमा लोकतन्त्रलाई बलियो बनाउँदै नागरिक सम्प्रभूताको उच्चता कायम राख्न सहयोग पुग्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

नागरिक सम्प्रभूत्ता केहीहदसम्म निर्वाचनको समयमा पनि झल्किने गरेको पाइन्छ । त्यसो भएको हँुदा राज्यका तर्फबाट अवलम्बन गरिने निर्वाचनजन्य व्यवहारलाई यदि कुनै समूह वा लोकतान्त्रिक समूहले स्वीकार नगर्ने मनस्थितिको विकास गर्छन्, भने वास्तवमा उक्त समूह विशेषले नागरिक सम्प्रभू स्वीकार नगरेको अर्थमा लिन सकिन्छ । यी दुबै पक्षको आपसी सहसम्बन्ध विस्तारमा मात्र निश्चित रूपमा लोकतन्त्रको सुदृढीकरणको सुनिश्चिचता प्राप्त हुनेछ भन्दा फरक नपर्ला । किनकी लोकतान्त्रिक अभ्यासको गति निर्वाचन भएकोले दलीय समूहका क्रियाकलापको आधारमा निर्वाचनमा पराजय हुनुलाई नौलो प्रक्रिया मान्न सकिँदैन । यद्यपि निर्वाचनको कसीमा लोकतन्त्रको पराजय किमार्थ हुने छैन । किनकी लोकतन्त्रको पराजय भनेको अन्ततः सम्प्रभू नागरिक समुदायको पराजय नै हो । जसको कल्पना मात्रले पनि लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने हँुदा जनादेशको आधारमा लोकतान्त्रिक अभ्यासमा रमाउनु आजको चुनौती बीचको राजनीतिक अभ्याससमेत हो । जसलाई प्रत्येक नागरिक समाजले स्वीकार गर्नु विकसित लोकतन्त्रको अभ्यासमा रम्नु हो भन्न सकिन्छ ।

प्रतिक्रिया