निषेधाज्ञामा २३ लाख केजी कार्गो ढुवानी

काठमाडौं । नयाँ भेरियन्ट सहित तिब्र रुपमा फैलिएको कोरोना महामारि नियन्त्रणकालागि गरिएको निषेधाज्ञाको समयमा गत जेठ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ लाख केजी भन्दा बढीको कार्गो ढुवानी गरेको छ । गरिएको छ । सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ । यो अवधिमा करिब १३ हजार हवाई यात्रुले सेवा लिएका छन । जेठ महिनामा मात्र काठमाडौैंबाट विदेशीने हवाई यात्रुको संख्या ८ हजार ६९ र भित्रने यात्रुको संख्या २ हजार ७ सय रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसैगरि, सो अवधिमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ५५ हजार केजी कार्गो सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस्तो कार्गो सेवामा १७ लाख १३ हजार केजी नेपाल भित्रिएका थिए भने ४ लाख ४१ हजार केजी कार्गो सामान बाहिरिएको थियो ।

गत जेठ महिनाभरमा आन्तरिक वायुसेवाले पनि २ हजार ७ सय ९३ यात्रुलाई सेवा दिएका छन् । विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानबाट विभिन्न गन्तव्यमा जाने यात्रु ८३५ जना रहेका थिए भने भित्रने यात्रुहरुको संख्या १९५८ जना रहेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । विमानस्थल कार्यालयले आफ्नो र विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्याङकलाई आधार मानेर सो जानकारी गराएको हो ।

यसैगरि, सोे अवधिमा आन्तरिक वायुसेवाबाट १ लाख २१ हजार कार्गो सेवा दिइएको थियो । काठमाडौंबाट ९९ हजार केजी कार्गो सामान विभिन्न गन्तब्यतर्फ बाहिरिएको थियो भने २२ हजार केजी कार्गो सामान भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया