अस्ट्रियाको टिममा राजकुमारका छोरा

अष्ट्रिया । डेभिड अलाबाले अस्ट्रियालाई युरो २०२० को नकआउट चरणमा पुर्याउनका लागि कडा मेहिनत गरेका छन् । उनले अस्ट्रियाबाट ८३ वटा अन्तर्राष्ट्रिय खेल खेल्दै १४ गोल गरेका छन् । युरोकपको पहिलो खेलमा उत्तरी मेसिडोनियालाई ३–१ ले हराएको अस्ट्रियाले मध्यराति प्रतियोगिताकै दाबेदार नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दैछ ।

धेरैलाई थाहा नहुनसक्छ, यी स्टार मिडफिल्डर शाही परिवारका सदस्य हुन् । उनी नाइजेरियाका राजकुमार जर्जका छोरा हुन् । जर्ज अस्ट्रियाले अस्ट्रियामा संगीतकारका रुपमा आफ्नो परिचय बनाए । अस्ट्रियाको भियनामा विश्वविद्यालयमा केही समय अर्थशास्त्र पढेपछि संगीतमै करियर बनाउने उद्देश्यले जर्जले पढाई छाडे । अलाबाकी आमा गिना भने फिलिपिनो हुन् । १९९२ मा उनले भियनामा अलाबालाई जन्म दिएकी थिइन् । दुई वर्षपछि छोरी रोज मेई जन्मिइन् । बाबुको ख्यातिका कारण यी दुई छोराछोरी पनि सानैदेखि सेलिब्रेटीजस्तो थिए । जर्जले आफ्ना छोराछोरीलाई आफ्नो रोज्न स्वतन्त्र छाडिदिएका थिए । बहिनी रोज अहिले अस्ट्रियाकी चर्चित गायिका छिन् । अलाबाले भने यु–१७, यु–१९ र यु–२१ मा पनि अस्ट्रियाको जर्सी लगाए ।

२०१० यता बार्यन म्युनिखमा एक दशक बिताउने क्रममा उनले ४ सय ३१ खेल खेल्दै ३३ गोल गरे । यसक्रममा उनले दुईपटक युरोपेली च्याम्पियन्स लिग, १० पटक बुन्डेस लिगा उपाधि, ६ वटा डिएफपी–पोकल्स जिते ।
१ जुनमा अलाबाले रियल म्याड्रिडसँग सम्झौता गरेका छन् । उनी यस प्रतियोगितापछि रियल म्याड्रिडको जर्सीमा मैदानमा देखिनेछन् ।

प्रतिक्रिया