लक्ष्मी बैंकको युरो कप योजना

काठमाडौ । लक्ष्मी बैककले युरो कप २०२१ को सुरुवातसंगै एफ–वान सफ्ट सँग मिली ‘प्रिडिक्ट एण्ड वीन’ योजना ल्याएको छ । यो क्याम्पेन युरो कप २०२१ सुरुभएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना विजेताले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट सेवा निःशुल्क पाउन सक्नेछन ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेन । मोबाईल मनी को ‘फोन–पे डाइरेक्ट’ वा अन्तर बैक नगद ट्रान्सफर बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यो गरीसकेपछि यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्यम्पेनको अवधि पछी युरो कपे विजेता देशको सही अनुमान गर्ने ग्राहक मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउने छन । जती धेरै पटक नगद ट्रान्स्फर गर्यो,त्यती नै धेरै जित्ने मौका पाउने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया