संसद् विघटन र सत्ता लिप्साको रहस्य !

पुरुषोत्तम पौडेल

कमरेड ओलीले राम्रो काम गरेर सफल भएको भए हामी सबैको कल्याण हुन्थ्यो । आमजनताको पनि भलो हुन्थ्यो । उनी पनि साइबर सेनाले भनेजस्तो राजनेता बन्न सक्थे होलान् । यत्रो सुनौलो अवसर गुमाएर ओलीजी किन ‘लाजनेता’ बन्न लागेका हुन् ? खड्गप्रसादको भक्ति पुराणमा लागेकाहरूले अझै सत्य बोल्ने आँट गरेका छैनन् । व्यक्ति पूजा र भजन–कीर्तन दासताको मार्ग मात्र हो । दुनियाँको कुनै पनि देशमा बलियो र परिपक्व राजनीतिक पार्टीको जगमा मात्र देश मजबुत हुने हो । आफैं खिइएको, मक्किएको र टुटेफुटेको राजनीतिक दल बोकेर देशभत्तिी र समृद्धिको कथित सपना पूरा गर्ने कुरा कल्पना मात्र हो

कामरेड केपी ओलीले ०७५ जेठ ३ गते एक्लै नेकपा माओवादीसँग पार्टी एकता गर्ने सम्झौता गरे । त्यो निर्णय पार्टीको कुनै पनि तहमा छलफलबिनै गरिएको थियो, न त पार्टीको शीर्ष नेताकै बीचमा कुनै छलफल भयो । कम्युनिस्ट पार्टीमा कहीँ नभएको दुई जना अध्यक्ष बनाउने, आधाआधी प्रधानमन्त्री चलाउने र नेकपा एमालेको कार्यक्रम जनताको बहुदलीय जनवादलाई बिसाउनेजस्ता एकल सहमति गरेर सुनाउने काम गरे उनले । यी सबै कुरामा उनले आफ्नो पार्टीभित्र कसैसँग सल्लाह गरेनन् । प्रचण्डसँग मिलेर एमालेका नेताहरू माधव नेपाल र झलनाथ खनाललाई आपसमा भिडाउन अनेक उचालपछारका चलखेल गरे । आफ्नो निजी सत्तामा असर पर्ने बित्तिकै आपैmँले एकता गरेर बनाएको नेकपालाई अस्वीकार गरेर विभाजनको प्रस्ताव राख्न तयार भए । पार्टीका कैयौँ बैठकमा नगएर पार्टी नीति विपरीत एक्लै संसद् विघटन गरे । अन्ततः आफैँले बनाएको नेकपालाई तोडफोड गरेर ध्वस्त बनाउने कामसमेत गरे कमरेड ओलीले ।

अघिल्लोपटक नेकपा विभाजनको स्थितिमा पुगेकै वेला संसद् पुनःस्थापना भयो । फागुन २३ गते दुई पार्टीको नामकरण बाझेको भन्दै सर्वोच्च अदालतले पार्टी एकतासमेत अस्वीकृत गरिदियो । फागुन २३ गतेको सर्वोच्चको फैसलाबाट नेकपा एमाले पुनस्र्थापित भएपछि आफ्ना अनुचरहरूको कथित बैठक गरेर ओलीजीले एकलौटी मनोमानी निर्णय गरे । आफ्नो आलोचना गर्ने सबै नेताहरूलाई कारबाही गरेर पार्टी नेतृत्वबाट हटाइदिए । माओवादीबाट आएका अनुचरहरूलाई पार्टी केन्द्रमा भर्ना गरे । आफ्नो निजी गुट बलियो बनाउन अवैधानिक ढंगले पार्टीको विधान संशोधन गरेर नेकपा एमालेलाई पार्टीबाट निजी कम्पनीमा परिणत गरे । यसपछि आफ्ना असंवैधानिक र अलोकतान्त्रिक कामबाट देशमा अन्योल र अस्थिरता ल्याउने काम सुरू गरे ।

दुईतिहाइको संवैधानिक शक्तिसहित सत्ताको सिढी चढेका खड्गप्रसाद ओली अहिले सात प्रदेश मध्ये एउटै प्रदेशका सदस्यहरूको बहुमत हुनेगरी संघीय मन्त्रिपरिषद् विस्तार गरेर घिस्रिनुपर्ने अवस्थामा आइपुगेका छन् । ओली एकीकृत नेकपा भएको वेलामा माधव नेपाल, प्रचण्ड या आफ्नै सहयोगी कसैलाई सत्ता हस्तान्तरण गरेर पार्टी र आन्दोलनको सर्वमान्य नेता बन्न सक्थे । उनले किन त्यसो गरेनन् ? उनले देशमा असल परम्परा र प्रशंसनीय राजनीतिक संस्कार बसाउन सक्थे । उनलाई देशको संविधान, राजनीतिक संस्कार र व्यवस्थाभन्दा तुच्छ कुर्सी प्यारो विन भयो ? यो आममान्छेले समेत प्रश्न गर्न थालेका छन् । ओलीजीले आफू र आफूले बसे बसाएको प्रधानमन्त्रीको कुुर्सीलाई मात्र राजनीतिक स्थिरता र संवैधानिक स्थिरतासँग जोड्ने फर्जी कुरा किन गरिरहेका छन् ? उनको यो हर्कतले इतिहासमा उनको मूल्यांकन कसरी होला !

संसदीय व्यवस्थामा पनि राम्रो र नमुना अभ्यासको जग बसाउन सकिन्थ्यो । सबैलाई मिलाएर लान सकिन्थ्यो । कोभिड जस्तो संकटमा सबैको सहयोग जुटाएर राम्रो परिणाम निकाल्न सकिन्थ्यो । यसो गर्नुको साटो बालुवाटारलाई विकृत गुटबन्दी र अवाञ्छित क्रियाकलापको हेडक्वार्टर बनाएर किन रमाए उनी ? यति मात्र होइन, संसारमा नभएको एउटै प्रधानमन्त्रीले एउटै संसद् दुई/दुईपटक विघटन गर्ने दुष्कर्मको रेकर्ड बनाउन अग्रसर किन भए ? आफूले विघटन गरेको संसद् बिउँतिदासमेत पश्चात्ताप गर्ने कुनै आवश्यकता ठानेनन् कमरेड ओलीले । आपूm प्रतिनिधिसभामा अल्पमतमा परेर पनि कुर्सी छोडेनन् । संसद्मा आफैंले राखेको विश्वासको मतमा पराजित भएर पदमुक्त हुँदा पनि कुर्सीमा किन टासिइरहे ? गज्जब छ । यस्तो गाईजात्रा हँुदासमेत ओलीजी उल्टै अरूलाई नैतिकता र इमानको औँला किन ठड्याइरहेका छन् ?

यसले खड्गप्रसादलाई तत्काल रमाइलो महसुस भएको होला । तर, यो उनको सन्निकट पतनको संकेत हो । उनको पतनबाट कसैले खुसी हुनुपर्ने कारण छैन । कमरेड ओलीले राम्रो गरेर सफल भएको भए हामी सबैको कल्याण हुन्थ्यो । आमजनताको पनि भलो हुन्थ्यो । उनी पनि साइबर सोनाले भनेजस्तो राजनेता बन्न सक्थे होलान् । यत्रो सुनौलो अवसर गुमाएर ओलीजी किन ‘लाजनेता’ बन्न लागेका हुन् ? खड्गप्रसादको भक्ति पुराणमा लागेकाहरूले अझै सत्य बोल्ने आँट गरेका छैनन् । व्यक्ति पूजा र भजन–कीर्तन दासताको मार्ग मात्र हो । दुनियाँको कुनै पनि देशमा बलियो र परिपक्व राजनीतिक पार्टीको जगमा मात्र देश मजवुत हुने हो । आफैँ खिइएको, मक्किएको र टुटेफुटेको राजनीतिक दल बोकेर देशभक्ती र समृद्धिको कथित सपना पूरा गर्ने कुरा कल्पना मात्र हो । सबैमा चेतना आउनु पथ्र्योे ।

हाम्रो देशमा अहिले गज्जबका प्रधानमन्त्री छन् । पटकपटक एउटै विषयमा अध्यादेश ल्याउँछन् । संविधानको भावना विपरीत बैठक बसेर नियुक्तिको सिफारिस गर्छन् । संसदीय सुनुवाइ छल्न् संसद् विघटन गर्छन् । कानुन विपरीत अख्तियारसहित विभिन्न संवैधानिक पदमा नियुक्ति गर्न भ्याउँछन् । संवैधानिक नियुक्ति गरेको लगत्तै अकारण असंवैधानिक ढंगले देशको प्रतिनिधिसभा विघटन गरिहाल्छन् । के यी नियुक्ति र संसद् विघटनले देश र जनतालाई किञ्चित राहत मिलेको छ ? के ओलीजीका क्रियाकलापले लोकतन्त्रलाई संस्थागत गर्न र राजनीतिक संस्कार निर्माणमा मद्दत पुगेकोे छ ? के यस्ता गतिविधिले आमजनताको सेवामा कुनै सकारात्मक नतिजा दिएको छ ? यस भित्रको नियत र कारण भविष्यमा खुल्दै जानेछ ।

फेरी पनि ओलीजी अख्तियार लगायतका संवैधानिक अंगहरूमा किन असंवैधानिक ढंगले मनोगत चहानाअनुसार नियुक्ती गर्न चाहान्छन ? ओलीजी के यिनै नियुक्ती बचाउन संसद्को समेत विघटन गर्न चाहान्छन् ? यसबाट उनको लागि के फाइदा पुग्छ ? अघिल्लो पटकको प्रतिनिधिसभा पुनस्र्थापना भए लगत्तै ओलीजीका एक जना विश्वास पात्रले आफ्नो संसद् विघटनको लक्ष्य पूरा भएको सगर्व बताएका थिए । उनले भनेका थिए, ‘यस बीचमा विपक्षीहरूको यथेष्ठ भण्डाफोर र सत्ता सुदृढीकरणको हाम्रो लक्ष्य पूरा भएको छ ।’ अहिले पनि प्रधानमन्त्रीको मनसाय त्यस्तै प्रकट भइरहेको छ । असंवैधानिक विघटन गरेर भए पनि आफ्नो नेतृत्वमा चुनाव भए फाइदा, नभए सेवा सफल अन्तमा नियुक्ति पच । के तपाईंको उद्देश्य यति मात्रै हो त ? कम्युनिस्ट पार्टीको अध्यक्ष भएर तपाईंले गर्न चाहेको ? बस खेल यही हो त कमरेड केपी शर्मा ओली ज्यू ।

प्रतिक्रिया