भर्चुअल ‘नेपाल टिम प्लानिङ’ जारी

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको तत्वधानमा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम संचालन भएको छ । जोर्डनका अन्तर्राष्ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले भर्चुअलमार्फत संचालन गरेको यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरेर झन्डै दुई दर्जनको सहभागिता रहेको टेबल टेनिस संघले जनाएको छ ।

गत साता सुरु भएको कार्यक्रमको दोस्रो सेसन बुधबार सञ्चालन भएको थियो । तेस्रो तथा अन्तिम दिनको कार्यक्रम शुक्रबार हुने जनाएको छ । यसमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारीका विविध आयामबारे दोहोरो छलफल गरिएको छ । अटनले यसअघि नेपाल आएर अन्य प्रशिक्षणका कार्यक्रम संचालन गरिसकेका छन् ।

संघका अध्यक्ष चतुरानन्दराज बैद्यका अनुसार जुन महिनामा महासंघकै सहयोगमा ‘होप’ कार्यक्रम पनि संचालनमा आउने भएको छ । त्यसमा नेपालका तर्फबाट चार एलिट क्याडेट खेलाडीले भाग लिन पाउनेछन् । यसमा दुई दुई ब्वाइज र गल्र्स खेलाडी हुनेछन् । यो प्रतिभाशाली खेलाडीका लागि आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो ।

प्रतिक्रिया