हिमालय एयरलायन्सको दमाम–काठमाडौं उडान

काठमाडौ । हिमालय एयरलाइन्सले जेठ ३१ र असार ७ गते दमाम–काठमाडौं चार्टर्ड उडान गर्ने भएको छ । साउदी अरेवियाबाट नेपाली ल्याउनको लागि चार्टर्ड उडान गर्न लागिएको हो । एयरलाइन्सले सबै यात्रुले स्वाब संकलन गरिएको ७२ घण्टाभित्रको फोटो वा बारकोड सहितको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने ब्यवस्था गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल पर्यटन बोर्डद्वारा तोकिएको होटलमा ५ दिनको होटल क्वारेन्टिनको बुकिङ र पहिलो पटक गरिने पीसीआर टेस्टको शुल्क टिकट भाडामै समावेश गरिने एयरलाइन्सले बताएको छ ।

प्रतिक्रिया