एमाले नेता महेश बस्नेतले गुट फेर्दैछन भन्ने हल्ला चलेपछि…

काठमाडौं । यसपटक मन्त्रीका लागि सर्वाधिक चर्चा गरिएका नेकपा (एमाले)का नेता महेश बस्नेत बिहीबार भएको मन्त्रिमण्डल विस्तारमा अटाएनन् । उनी मन्त्रीमण्डलमा नअटाएपिछ कितपय मिडियाले उनलाइ गुट फेर्न लागेकाे भन्दै समाचार सम्प्रेषाणा गरेपछि नेता बस्नेतले सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गरेका छन । बस्नेतले राजनीतिक जीवनमा आफूले पद प्राप्तिलाई कहिल्यै ठूलो विषय नबनाएको बताएका छन्। उनले आफूले पार्टीभित्र मात्र नभएर बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्नेगरी काम गरेको बताएका छन्।

उनले हरेक पटक मन्त्रिमण्डल विस्तार/पुनर्गठन हुँदा आफ्नो चर्चा हुने गरेको समेत उल्लेख गरेका छन् । ‘पटक-पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नु हुन्छ। मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ठान्छन्’, बस्नेतले लेखेका छन्, ‘मेरो बिरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ। जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु।’

उनले आफू मन्त्री हुन नपाउँदैमा गुट नफेर्ने समेत बताएका छन्। ‘त्यस्तो भ्रममा नपरौं म जहाँ छु त्यहीँ छु। र, म जे छु त्यही छु। अझै जोस, जाँगर र ऊर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुनेछ।’

प्रतिक्रिया