शान्तिरामको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौं । शान्तिराम भट्टराईको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । गीतकार भट्टराईको शब्द लेखन रहेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

साथै, भाग्य गीतमा गायिका प्राश्ना शाक्यको आवाज रहेको छ । उक्त गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् । आफ्नो व्यस्त समयको बाबजुद पनि गीतकार शान्तिराम भट्टराई गीति लेखनमा सक्रिय छन् ।

साहित्यको विधामा मनहरु बहलाउने गर्दा राम्रा सिर्जना बजारमा आउने उनले बताए । ‘साहित्यलाई कुनै समय चाहिँदैन, सिर्जनाले आफैं समय मिलाउँछ’, गीतकार भट्टराईले भने ।

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको उनले जानकारी दिए । भिडियोलाई म्यूजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया