युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैकको साधारण सभा

काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आब्हान गरेको छ । यूनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकले विशेष साधारणसभा बोलाएको हो । सभाले युनाईटेड फाईनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीलाई नबिल बैंकको शुन्य दशमलब ३५ कित्ता अर्थात १ बराबर शुन्य दशमलव ३५ सेयर प्रदान गर्ने गरी स्वीकृति दिने विशेष प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि बैंकको आगामी जेठ २८ मा एकदिन बुक क्लोज हुने छ । उक्त सभा आभौतिक माध्यमबाट हुने बैंकले जानकारी गराएको छ ।

बैंक र यूनाइटेड फाइनान्सबीच प्राप्तिका लागि गत बैशाख १७ मा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतामा बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर,प्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया