अब हरेक वर्ष क्रिकेट विश्वकप

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मंगलबार सन् २०२३ देखि २०३१ सम्म मुख्य प्रतियोगिता सार्वजनिक गरेको छ । एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । सन् २०२३ पछि एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकपमा २० हुने छन् । २०२७ र २०३१ को एकदिवसिय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । टि२० विश्वकप २०२४ देखि २० टोली हुनेछन् । आइसिसीको नयाँ कार्यक्रम सार्वजनिकसँगै २०२१ देखि २०३१ सम्म अव हरेक वर्ष विश्वकप हुने छन् । महिला र पुरुष टि२० विश्वकप र यू–१९ पुरुष एकदिवसिय विश्वकप एकै वर्ष हुने छन् । पुरुष तथा महिला टि२०, एकदिवसिय, यू–१९ गरि आगमी १० वर्षमा कुल २६ विश्वकप हुने छन् ।

आगमी १० वर्षमा हुने विश्वकपहरु
पुरुष एकदिवसिय विश्वकप (२०२३, २०२७ र २०३१) हुने छ । पुरुष टि२० विश्वकप (२०२१, २०२२, २०२४, २०२६, २०२८ र २०३०) मा हुने छ । महिला एकदिवसिय विश्वकप (२०२२, २०२५ र २०२९) र महिला टि२० विश्वकप (२०२३, २०२४, २०२६, २०२८ र २०३०) मा हुने छ । पुरुष यू–१९ विश्वकप (२०२२, २०२४, २०२६, २०२८ र २०३०) मा हुनेछ ।

यू–१९ महिला टि२० विश्वकप पहिलो संस्करण २०२५ मा हुने छ । त्यसपछि २०२७, २०२९ र २०३१ मा हुने छन् । आगमी दश वर्ष क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट समूदाय विश्वकपमय हुने छ । यस अवधीमा एसोसियट देशले ठूलो फड्को मार्न सक्छन् । विश्वमा क्रिकेटको लोकप्रियता र प्रतिस्पर्धा बढ्ने छ । नेपाल लगायतका एसोसियट शीर्ष टोलीले सर्वाधिक लाभ लिन सक्ने छन् ।

खेल्ने शैली
एकदिवसिय विश्वकपमा १४ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । शीर्ष तीन तीन टोलीले सुपर सिंक्समा स्थान बनाउने छन् । त्यसपछि सेमिफाइनल हुँदै फाइनल हुने छ । २०१९ को एकदिवसिय विश्वकपमा लिगको आधारमा प्रतिस्पर्धा हुँदा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

टि२० विश्वकपमा २० टोलीलाई चार समूहमा विभाजन गरिने छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर एटमा स्थान बनाउने छन् । सेमिफाइनल र फाइनल हुँदै च्याम्पियन बन्ने छ । २०१६ पछि टि२० विश्वकप भएको छैन । टि२० पुरुष तथा महिला, यू१९ विश्वकप दुई वर्षको अन्तरमा हुने छन् । पुरुष र महिला एकदिवसिय विश्वकप चार वर्षको अन्तरमा हुने छ ।

हाल महिला एकदिवसिय विश्वकपमा ८ र टि२० विश्वकपमा १० टोलीले खेल्ने गर्दछन् । विश्वकपमा २०२५ पछि महिला संख्या पनि बढेर टि२० मा १२ र एकदिवसियमा १० टोली पुग्ने छ । महिला यू–१९ टि२० विश्वकपमा टोली संख्या तोकिएको छैन । यू–१९ पुरुष विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । आइसिसीको यस योजनाले विश्व क्रिकेट दश वर्षमा धेरै परिवर्तन र लोकप्रिय हुने छ ।

प्रतिक्रिया