युनिलिभर नेपाल र नेपाली सेनाबीच सहकार्य

काठमाडौं । युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको साथ ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । फोहोरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । जथाभावी फोहोर फालिँदा वन्यजन्तुको असामयिक मृत्युको कारक बनिरहेकोे र त्यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको पनि उस्ले जनाएको छ ।

नेपाली सेनाको मुख्यालय, जंगी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिए । कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिाएको छ ‘प्राकृतिक संसार हराउँदै गएको र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको एवं यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन र यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

 

प्रतिक्रिया