राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको कमदविरुद्ध कनुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि त्यसबारे निर्णय लिन बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त कदमविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको एक नेताले बताए । दलहरुबीच साझा धारणा बनाउन आज ४ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकपछि स्पष्ट कार्यदिशा तय हुने बताइएको छ ।

प्रतिक्रिया