साओमी पोको एक्स ३ प्रो बजारमा

काठमाडौं । इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ । योग टेक र गेमिग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली लुइड र पावरफूल बनाएर परिभाषित गरेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी हाम्रो उपभोक्ताहरूको आवश्यकता अनुरूप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन, पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।’

पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिग टेक्नोलोजीको साथ उपलब्ध रहेको जनाइएको छ । यो स्मार्ट फोनमा १२० हट्र्जको डिस्प्ले, प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअपलगायतका विशेषता रहेको जनाइएको छ । पोको एक्स ३ प्रो ग्राफाइट ब्ल्याक, स्टील ब्लु र गाल्डेन ब्रन्जमा उपलब्ध रहेको छ । यी स्मार्ट फोनको बजार मूल्य ३२ हजार देखी ३७ हजार रुपैया रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया