एमालेको विवाद मिलाउन नेम्वाङ र रावलको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) पार्टीभित्रको विवाद मिलाउन सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन भएको छ ।

उक्त वार्ता टोलीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने वरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आज दिउँसो सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुवै तर्फबाट ५–५ जनाको वार्ता टोली गठन भएको हो ।

प्रतिक्रिया