शाओमी रेडमी १० नोट प्रो बजारमा

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेडमी नोट १० प्रो मोवाइल ल्याएको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सका साथ १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टिएम ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीका अुनसार देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ र रेडमी नोट सिरिजको १० औँ जेनेरेसनको प्रषेपणका साथ हरेक अंश क्यामेरा, डिस्प्ले सहित बजारमा ल्याइएको हो ।

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ रहेको छ । यसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याव्रmो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले रहको छ । यस्को बजार मुल्य ३३ हजार ९ सय ९९ रुपैया रहेको छ ।

प्रतिक्रिया