पाँचथरमा कोरोनाबाट एकको मृत्यु

पाँचथर । पाँचथरमा एक कोरोना संक्रमित पुरुषको बिहीबार पाँचथर अस्पतालमा मृत्यु भएको छ । मृतक फालेलुङ गाउँपालिका– २ पञ्चमुखी निवासी ६५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्कर्माले बताए ।

मृतक पुरुषलाई गए राति २ बजे पाँचथर अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको पिसिआर परिक्षणमा कोरोना संक्रमण देएिकाले घरमै होम क्वारेन्टीनमा रहेका थिए ।उनको गम्भीर अवस्था पछि अस्पतालमा भर्ना गराइएको थियो ।

मृतक ती पुरुषलाई आज बिहान ११ बजे मृत घोषणा गरिएको जनाइएको छ । उन शवलाई नेपाली सेनाको टोलिले व्यवस्थाप गर्ने भइरहेको छ । यो घटना पाँचथरमा कोरोनाबाट मृत्यु भएको पहिलो हो । यो समाचार तयार गरीरहेको समयसम्म जिल्लामा ६७ जना संक्रमित रहेको पाइएको छ ।

प्रतिक्रिया