कर्णाली प्रदेशमा नयाँ मन्त्री नियुक्तिको तयारी, को हुन थपिन लागेका मन्त्री ?

काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । उनीहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य विन्दमान विष्टले रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको जानकारी दिए । प्रदेश सभा सदस्यहरु गोपाल शर्मा र विन्दमान विष्टलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले तयारी गरेको स्रोतको भनाइ छ ।
बिष्टलाई आन्तरिक मामिला तथा शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी गरिएको जनाइएको छ।

प्रतिक्रिया